काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर ब्राण्डको ५ सय ग्राम मह गुणस्तरहीन भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
‘NB00477’ ब्याच नम्बरको मह प्रयोगशाला परीक्षणमा मापदण्डअनुसार नभेटिएपछि बिक्री वितरण रोक्न आदेश जारी गरिएको हो। उक्त उत्पादन डाबर नेपाल प्रालि, जितपुर सिमरा बाराले उत्पादन गरेको विभागले जनाएको छ।


