राष्ट्रियसभाका सांसदहरूले सरकारले सदनमा उठाइएका प्रश्नहरूको ५६ दिनसम्म पनि जवाफ नदिएको भन्दै आपत्ति जनाएका छन्।
सांसदहरूले सरकार जनताका समस्या र प्रश्नप्रति बेवास्ता गरेको आरोप लगाउँदै तत्काल जवाफ दिन माग गरेका छन्। उनीहरूले संसदीय अभ्यास कमजोर बनिरहेको भन्दै सभाध्यक्षमार्फत रुलिङको पनि माग गरेका छन्।


