Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमाले सचिवालय बैठकमा विवाद, ओलीको राजीनामा माग्दै चार उपाध्यक्ष

एमाले सचिवालय बैठकमा विवाद, ओलीको राजीनामा माग्दै चार उपाध्यक्ष

काठमाडौंमा बसेको नेकपा एमाले सचिवालय बैठक तनावपूर्ण बनेको छ। पार्टीका चार उपाध्यक्षले अध्यक्ष परिवर्तन र पुनर्गठनको माग गर्दै केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भएको हो।

उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी कमजोर हुँदै गएको भन्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने ओलीको पक्षमा उभिएका थिए।

तर अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने अडान लिँदै विरोधी पक्षहरू पार्टीलाई अस्थिर बनाउन लागेको आरोप लगाएका छन्।

विवाद बढेपछि बैठक स्थगित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *