Friday, June 05, 2026
Home > मुख्य समाचार > वाचापत्रअनुसार काम भइरहेको सरकारको दाबी

वाचापत्रअनुसार काम भइरहेको सरकारको दाबी

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले सरकार चुनावी वाचापत्रअनुसार अघि बढिरहेको बताएका छन्। काठमाडौंमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले पहिलो महिना, सय दिन र एक वर्षभित्र गर्ने भनिएका काम क्रमशः कार्यान्वयन भइरहेको दाबी गरे।

उनले देशभरका २७ हजार विद्यालयको अध्ययन गरी शिक्षा क्षेत्र सुधारका लागि मास्टर प्लान तयार पारिने जानकारी दिए। साथै विश्वविद्यालयमा खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *