जिल्ला प्रहरी कार्यालय मोरङ ले लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउन टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ। ‘बढ्दो लागुऔषध विरुद्ध एकजुट हौँ’ भन्ने सन्देशसहित आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँसम्म पुरस्कार दिइनेछ।
प्रतियोगिता जेठ मसान्तसम्म खुला रहनेछ भने युवालाई सामाजिक सञ्जालमार्फत सकारात्मक अभियानमा जोड्ने उद्देश्य रहेको प्रहरीले जनाएको छ।


