नेपाली कांग्रेसभित्र वरिष्ठ नेताको पद दिने प्रस्ताव अस्वीकार भएपछि आन्तरिक विवाद फेरि सतहमा आएको छ।
महामन्त्री प्रदीप पौडेल ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला लाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेका थिए। तर दुवै नेताले पद होइन, निष्पक्ष महाधिवेशन र एकतामुखी संरचना आवश्यक रहेको भन्दै प्रस्ताव अस्वीकार गरेका छन्।
उनीहरूले महाधिवेशन तयारी समिति र समावेशी नेतृत्व संरचना बनाउनुपर्ने सुझाव दिएका छन्। प्रस्ताव अस्वीकृत भएपछि कांग्रेसमा नेतृत्व व्यवस्थापन र आन्तरिक सहमतिको बहस थप चर्किएको छ।


