भूमि व्यवस्थापन तथा अभिलेख विभाग ले जग्गाको रोक्का र फुकुवा प्रक्रियालाई सहज बनाउन मालपोत कार्यालयहरूलाई ९ बुँदे परिपत्र जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार एउटै धितोमा थप ऋण लिन, आंशिक फुकुवा गर्न तथा रोक्का जग्गामा घर कायम गर्न सहज हुने भएको छ।
परिपत्रमा दिउँसो १२ बजेअघि परेका रोक्का–फुकुवाका निवेदन सोही दिन टुंग्याउनुपर्ने व्यवस्था गरिएको छ। विभागले यसबाट बैंक तथा ऋणीले भोग्दै आएको प्रशासनिक झन्झट कम हुने विश्वास लिएको छ।


