केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूको धारणा राख्ने क्रम सकिएको छ र अहिले अध्यक्षले जवाफ दिन सुरु गरेका छन्।
बैठकमा अधिकांश सदस्यहरूले पार्टी पुनर्गठन र समयअनुकूल नेतृत्व परिवर्तनको आवश्यकता उठाए पनि ओलीले नेतृत्व छाड्ने संकेत नदिएको बताइएको छ। अब ओलीको जवाफपछि बैठक निष्कर्षमा पुग्ने तयारी छ।


