Friday, June 05, 2026
Home > विराटनगर समाचार > कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर । कोशी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले सर्वसम्मतिले स्वीकृत गरेपछि छलफल अघि बढाइएको हो।

छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रमलाई राम्रो भए पनि कार्यान्वयन र बजेट विनियोजनमा ध्यान दिनुपर्ने, सुकुमवासी समस्या समेटिनुपर्ने तथा नागरिकमैत्री हुनुपर्ने सुझाव दिएका छन्।

बैठकले ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३’ पनि स्वीकृत गरेको छ। अर्को बैठक जेठ ११ गते दिउँसो १ बजे बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *