Friday, June 05, 2026
Home > खेलकुद समाचार > ललित र अर्जुनसहित अनिलको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

ललित र अर्जुनसहित अनिलको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतको उत्तराखण्डमा हुने अल इन्डियन गोल्डकपका लागि १५ सदस्यीय नेपाल ‘ए’ टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानी अनिलकुमार साहले गर्ने भएका छन्।

टोलीमा ललितनारायण राजवंशी र अर्जुन कुमालसहित हालै सिनियर टोलीमा रहेका खेलाडीहरूलाई पनि समावेश गरिएको छ।

नेपाल ‘ए’ टोलीले मे ३० मा केरला, मे ३१ मा गोवा र जुन २ मा उडिसासँग खेल्नेछ। प्रतियोगिताको क्वार्टरफाइनल जुन ४, सेमिफाइनल जुन ६ र फाइनल जुन ७ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *