Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारी कर्मचारीको तलब २७ देखि ५७ प्रतिशतसम्म बढाउने सिफारिस

सरकारी कर्मचारीको तलब २७ देखि ५७ प्रतिशतसम्म बढाउने सिफारिस

काठमाडौं । सरकारी कर्मचारीहरूको तलब २७ देखि ५७ प्रतिशतसम्म बढाउन मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको समितिले सरकारलाई सिफारिस गरेको छ।

समितिले महँगीलाई आधार मानेर विभिन्न तहका कर्मचारीको तलब पुनरावलोकन गर्न सुझाव दिएको हो। सिफारिसअनुसार मुख्यसचिवको तलब करिब ५६.७१ प्रतिशत र कार्यालय सहयोगीको तलब करिब २७ प्रतिशतसम्म बढ्न सक्छ।

हाल चार वर्षदेखि तलब नबढेको भन्दै आगामी बजेटअघि गरिएको यो सिफारिस जेठ १५ गते प्रस्तुत हुने बजेटसँगै कार्यान्वयनको सम्भावनामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *