संखुवासभा । चीन सीमासँग जोडिएको किमाथांकासम्म सडक सञ्जाल विस्तार भएपछि भोटखोला क्षेत्र पहिलो पटक राष्ट्रिय सडक पहुँचमा आएको छ।
उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत जोगवनीदेखि किमाथांकासम्म ३५७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो। सडक सञ्चालनसँगै स्थानीयमा व्यापार, पर्यटन, स्वास्थ्य र शिक्षामा सहज पहुँच हुने अपेक्षा गरिएको छ।


