काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको महानिर्देशक बनाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले नियुक्तिको जानकारी दिएका हुन्।


