Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रधानमन्त्री बालेन तत्काल विदेश नजाने, सरकार १०० दिने योजनामा केन्द्रित

प्रधानमन्त्री बालेन तत्काल विदेश नजाने, सरकार १०० दिने योजनामा केन्द्रित

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तत्काल कुनै विदेश भ्रमणको योजना नरहेको बताएका छन्।

उनका अनुसार सरकार अहिले प्रारम्भिक १०० दिने कार्ययोजना र बजेट तयारीमा केन्द्रित छ। अधिकांश मन्त्रालयले आफ्नो योजना तथा कार्यक्रम अर्थ मन्त्रालयमा बुझाइसकेको पनि उनले जानकारी दिए।

सिंहदरबार प्रवेश व्यवस्थापनबारे उठेको प्रश्नमा पोखरेलले आवतजावतलाई व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरिएको बताए।

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधनबारे भने मन्त्रिपरिषद्मा कुनै विशेष छलफल नभएको उनले स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *