Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेको भारत भ्रमण सरकारसँग नजोडिएको प्रवक्ता पोखरेलको स्पष्टोक्ति

रवि लामिछानेको भारत भ्रमण सरकारसँग नजोडिएको प्रवक्ता पोखरेलको स्पष्टोक्ति

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भारत भ्रमणसँग सरकार वा प्रधानमन्त्रीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।

मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले लामिछाने आफ्नो व्यक्तिगत कार्यक्रमअनुसार भारत जान लागेको भन्दै त्यसलाई राजनीतिक वा सरकारी सहकार्यसँग जोड्न नमिल्ने बताए।

प्रवक्ता पोखरेलका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह हाल सरकारको प्रारम्भिक सय दिनको कार्ययोजनामा केन्द्रित छन् र कुनै पनि विदेश भ्रमणको योजना तत्काल नरहेको छ।

उनले लामिछानेको भ्रमण स्वतन्त्र रूपमा तय भएको र यसमा प्रधानमन्त्रीको कुनै भूमिका नभएको दोहोर्‍याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *