Friday, June 05, 2026
Home > खेलकुद समाचार > गीता रानाको गोलमा नेपाललाई विजयी सुरुआत

गीता रानाको गोलमा नेपाललाई विजयी सुरुआत

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको छ ।

भारतको गोवामा भएको खेलमा नेपालका लागि गीता रानाले २३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै नेपालले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *