काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सिफारिसविरुद्ध दायर भएका रिटमध्ये दुईवटा रिटमा प्रशासनिक दरपीठ सदर गरेको छ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले संवैधानिक परिषद्को सिफारिस र नियुक्ति प्रक्रिया पहिले नै सम्पन्न भइसकेको भन्दै ती रिट अगाडि नबढ्ने निर्णय गरेको हो।
तर अध्यादेशसँग सम्बन्धित अर्को रिटमा भने दरपीठ आदेशमाथिको विवाद संवैधानिक इजलासमा पठाउन सर्वोच्चले आदेश दिएको छ।
यससँगै केही रिटको कानुनी प्रक्रिया समाप्त भएको छ भने केही मुद्दा संवैधानिक इजलासबाट निरूपण हुने भएका छन्।


