Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सगरमाथामा पोखरा एभेन्जर्सको झण्डा फहराइयो, पासाङ काजी शेर्पाको ऐतिहासिक आरोहण

सगरमाथामा पोखरा एभेन्जर्सको झण्डा फहराइयो, पासाङ काजी शेर्पाको ऐतिहासिक आरोहण

काठमाडौं — नेपाली पर्वतारोही तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गाइड पासाङ काजी शेर्पाले सगरमाथाको सफल आरोहण गर्दै विश्वको सर्वोच्च शिखरमा पोखरा एभेन्जर्सको झण्डा फहराएका छन्।

मे २३ मा बिहान ३:५० बजे शिखर पुगेका शेर्पाले यो आफ्नो आठौँ सगरमाथा आरोहण भएको बताएका छन्। उनी केटू (K2), चो ओयु र मनास्लु लगायतका उच्च हिमाल पनि सफलतापूर्वक आरोहण गरिसकेका अनुभवी पर्वतारोही हुन्।

यो अभियानलाई जलवायु परिवर्तन र हिमाली संरक्षणबारे चेतना फैलाउने प्रयासका रूपमा लिइएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *