काठमाडौं । मुलुकभर कालोपत्र सडकको कुल लम्बाइ १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। भौतिक पूर्वाधार क्षेत्रमा सरकारी लगानी बढेसँगै संघीय सरकारबाट निर्माण हुने सडकको हिस्सा पनि विस्तार हुँदै गएको अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ मार्फत जानकारी दिएका छन्।
यसैगरी, देशमा डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत पुगेको छ भने मोबाइल टेलिफोन ग्राहक घनत्व १०३.२ प्रतिशत रहेको उल्लेख गरिएको छ।


