Friday, June 05, 2026
Home > मुख्य समाचार > जेनजी आन्दोलन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली जिम्मेवार ठहर

जेनजी आन्दोलन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली जिम्मेवार ठहर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघन र जनधनको क्षतिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवार ठहर गरेको छ।

आयोगको प्रतिवेदनमा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रतिबन्धपछि सुरु भएको आन्दोलन हिंसात्मक बनेको र सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको उल्लेख छ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्रीले प्रत्यक्ष आदेश नदिएको दाबी मात्रै पर्याप्त नहुने भन्दै राज्य सञ्चालनको प्रमुख जिम्मेवारीका आधारमा ओलीलाई उत्तरदायी मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *