Friday, June 05, 2026
Home > मुख्य समाचार > सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि लियो सुधन गुरुङको बयान

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि लियो सुधन गुरुङको बयान

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङको दोस्रो दिन पनि बयान लिएको छ।

समितिले जेठ १२ देखि बयान प्रक्रिया सुरु गरेको हो। गुरुङले बयान सकिएको बताएका छन् भने समितिले अनुसन्धान अझै जारी रहेको जनाएको छ।

सम्पत्ति विवरणमा उठेका विवाद र ‘हामी नेपाल’ संस्थासम्बन्धी प्रश्नपछि गुरुङले वैशाख ९ मा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। समितिको कार्यकाल जेठ १९ गतेसम्म रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *