Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आईजीपी कार्की र पौडेलसहित प्रहरी प्रमुखमाथि कारबाही सिफारिस

आईजीपी कार्की र पौडेलसहित प्रहरी प्रमुखमाथि कारबाही सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित उच्च अधिकारीहरूमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललाई मानव अधिकार उल्लंघनका आधारमा विभागीय कारबाही गर्न सुझाव दिएको हो।

त्यस्तै तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापामाथि पनि कारबाही सिफारिस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *