काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा उल्लेख गर्दै प्रतिवेदन तयार पारेको छ।
आयोगको प्रतिवेदनमा भदौ २३ र २४ गतेको घटनामा सुरक्षा संयन्त्र असफल भएको र सरकारले आवश्यक निर्णय नलिएको कारण मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकालिएको छ।
साथै, कानुनी स्पष्टता अभाव भएकाले मानव अधिकारसम्बन्धी कसुरमा नयाँ कानुन बनाउन सिफारिस गरिएको छ।


