Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्वसचिव भीम उपाध्यायमाथि जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान सिफारिस

पूर्वसचिव भीम उपाध्यायमाथि जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सामाजिक सञ्जाल अभियन्ता भीम उपाध्यायमाथि जेनजी आन्दोलनका क्रममा भूमिका रहेको भन्दै अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगको प्रतिवेदनमा उपाध्यायले अभिव्यक्ति र गतिविधिमार्फत प्रदर्शनकारीलाई उचाल्ने काम गरेको आरोप उल्लेख छ। साथै आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र क्षतिमा उनको संलग्नता रहे–नरहेकोबारे पनि छानबिन गर्न सुझाव दिइएको छ।

आयोगले सामाजिक सञ्जाल अभिव्यक्ति र विभिन्न सूचनाका आधारमा थप अनुसन्धान आवश्यक रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *