काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशस्थित दूतावास तथा नियोगहरूको संख्या घटाउने तयारी थालेको छ । हाल विभिन्न १७ मुलुकमा राजदूत पद रिक्त रहेको अवस्थामा पुनर्संरचना योजनाका कारण नियुक्ति प्रक्रिया ढिलाइ भएको हो ।
मन्त्रालयले ४० वटा नियोगलाई घटाएर करिब १५ देखि २० वटा मात्र राख्ने विकल्पमा अध्ययन गरिरहेको छ । सरकारले दूतावास र महावाणिज्य दूतावासको औचित्य मूल्याङ्कन गर्दै अनावश्यक संरचना घटाउने योजना बनाएको छ ।
हाल रहेका केही दूतावास कार्यवाहक राजदूतको भरमा सञ्चालन भइरहेका छन् । परराष्ट्र मन्त्रालयले अध्ययनपछि मात्र नयाँ राजदूत नियुक्ति अघि बढाउने जनाएको छ ।


