काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र अराजकता भड्काउन भूमिका खेलेको भन्दै ५० भन्दा बढी व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
तर तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को नाम भने प्रतिवेदनमा नरहेको र उनलाई यस प्रकरणमा क्लिन चिट दिइएको देखिएको छ ।
आयोगले पूर्वसचिव, बहालवाला सांसद, सामाजिक अभियन्ता, कलाकार तथा विभिन्न सार्वजनिक व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिले भीडलाई उत्तेजित बनाएको देखिएको उल्लेख गरेको छ । ती व्यक्तिहरूको भूमिका र सम्भावित संलग्नताबारे थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिइएको छ ।
प्रतिवेदनमा सम्बन्धित सबैको स्वच्छ सुनुवाइ सुनिश्चित गर्दै दोषी ठहर भए कानुनी कारबाही गर्न सिफारिस गरिएको छ ।


