Friday, June 05, 2026
Home > खेलकुद समाचार > अल्भारेजको लक्ष्य : अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने प्रतिबद्धता

अल्भारेजको लक्ष्य : अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने प्रतिबद्धता

काठमाडौँ । अर्जेन्टिनाका स्टार स्ट्राइकर जुलियन अल्भारेजले टोलीको लक्ष्य फेरि विश्वकप जित्ने र उपाधि जोगाउने रहेको बताएका छन् ।

कतार विश्वकप २०२२ मा वैकल्पिक खेलाडीबाट सुरुआत गरेका अल्भारेज अहिले अर्जेन्टिनाको प्रमुख स्ट्राइकर बनेका छन् । उनले टोलीभित्र लाउटारो मार्टिनेजसँग स्वस्थ प्रतिस्पर्धा भए पनि मुख्य उद्देश्य सधैं टोलीको सफलता रहेको बताए ।

अल्भारेजका अनुसार अर्जेन्टिना सधैं च्याम्पियन बन्न चाहन्छ र यसपटक पनि उपाधि जित्ने लक्ष्यमा टोली पूर्ण रूपमा केन्द्रित छ । उनले मेसीको सम्भावित अन्तिम विश्वकपलाई विशेष अवसरका रूपमा पनि उल्लेख गरेका छन् ।

उनले २०२२ को विश्वकप यात्रालाई आफ्नो करियरको टर्निङ प्वाइन्ट बताउँदै अनुभव र आत्मविश्वासले आफू अझ परिपक्व खेलाडी बनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *