काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी लियोनल मेस्सीले गर्नेछन् ।
३८ वर्षीय मेस्सीले आफ्नो छैटौं विश्वकप खेल्दै दुर्लभ कीर्तिमान बनाउने भएका छन् । टोलीमा एमिलियानो मार्टिनेज, लाउतारो मार्टिनेज, जुलियन अल्भारेज र एन्जो फर्नान्डेज लगायत खेलाडी समावेश छन् ।
अर्जेन्टिना समूह ‘जे’ मा रहेको छ र पहिलो खेल जुन १७ मा अल्जेरियाविरुद्ध खेल्नेछ ।
अर्जेन्टिनाको विश्वकप टोली:
गोलकिपर : हुआन मुसो, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज
डिफेन्डर : लियोनार्डो बालेर्दी, निकोलस टाग्लियाफिको, गोन्जालो मोन्टियाल, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना
मिडफिल्डर : लियानद्रो पेरेडेस, रोड्रिगो डे पल, भालेन्टिन बार्को, जियोभानी लो सेल्सो, इजेकेल पलासियोस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज
फरवार्ड : जुलियन अल्भारेज, लियोनल मेस्सी, निकोलस गोन्जालेज, थियागो अल्माडा, जुलियानो साइमन, निको पाज, जोसे म्यानुअल लोपेज, लाउतारो मार्टिनेज


