अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन अस्थायी रूपमा स्थगित गरिएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई निलम्बन गरेपछि विश्व फुटबल महासंघ (फिफा) र एशियाली फुटबल महासंघ (एएफसी) सँग परामर्श गरी यो निर्णय गरिएको हो।
महासचिव किरण राईले भने, “निलम्बनपछि नेपाली फुटबलमा स्थिति अस्थिर भएको छ, अब यसको जिम्मेवारी राखेपले लिनु आवश्यक छ।”


