प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई बलियो बनाउन निर्यात प्रवर्द्धनमा ध्यान केन्द्रित गरिएको बताएका छन्।
प्रतिनिधिसभामा सांसद प्रमेश हमालको प्रश्नको जवाफ दिँदै उनले दुई वर्षका लागि निर्यातमा छुट दिने नीति लिइएको र अहिलेको प्राथमिकता देशमा पैसा भित्र्याउनु रहेको स्पष्ट पारे। उनले यस नीतिको उदाहरणका रूपमा चीनको अभ्याससमेत उल्लेख गरे।


