प्रधानमन्त्री बालेन्द्र शाह ले समाजवाद र साम्यवादको वास्तविक अर्थ व्यवहारमा देखिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले आफू काठमाडौं महानगरपालिकाको मेयर हुँदा विपन्न विद्यार्थीका लागि निजी विद्यालयमा छात्रवृत्ति र विपन्न बिरामीका लागि निजी अस्पतालमा बेड आरक्षणको व्यवस्था लागू गरेको उदाहरण दिए।
उनले सुकुम्वासी व्यवस्थापनका क्रममा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई स्थानान्तरण गरी सुरक्षित स्थानमा सारिएको बताए। सरकारले उनीहरूको दीर्घकालीन पुनःस्थापनाका लागि काम गरिरहेको पनि उनले स्पष्ट पारे।


