Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हर्क साम्पाङको अडान: प्रधानमन्त्रीले माफी नमागेसम्म सदनमा सहमति छैन

हर्क साम्पाङको अडान: प्रधानमन्त्रीले माफी नमागेसम्म सदनमा सहमति छैन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्याउँदै माफी नमागेसम्म अन्य विषयमा छलफल हुन नसक्ने बताएका छन्।

उनले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठाएको दाबी गर्दै उक्त भनाइबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। साम्पाङले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री स्वयंले सदनमा आएर स्पष्टीकरण दिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *