काठमाडौं । भारतले नेपाल–भारतबीचका सीमा तथा अन्य द्विपक्षीय विषयहरू आपसी संवादबाटै समाधान गरिने बताउँदै तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल र भारतबीचका विवाद समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्र पर्याप्त रहेको उल्लेख गर्दै कुनै बाह्य पक्षको संलग्नता आवश्यक नरहेको बताएका छन्।


