Thursday, June 04, 2026
Home > मुख्य समाचार > आन्तरिक विवादबीच जिल्ला अधिवेशनको तयारीमा रास्वपा

आन्तरिक विवादबीच जिल्ला अधिवेशनको तयारीमा रास्वपा

काठमाडौं, जेठ २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पालिका अधिवेशनका क्रममा विभिन्न स्थानमा विवाद र उजुरी बढेपछि केही पालिकाको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

काठमाडौं महानगरसहित केही स्थानमा नेतृत्व चयनलाई लिएर प्रतिस्पर्धा देखिएको छ भने मधेश र बागमतीका विवादित पालिकामा अधिवेशन रोकिएको छ। रास्वपाले भने विवाद समाधान गर्दै जेठ २३–२४ मा हुने जिल्ला अधिवेशनको तयारीलाई अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *