Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > संवैधानिक इजलास गठनबारे नेपाल बारको प्रश्न

संवैधानिक इजलास गठनबारे नेपाल बारको प्रश्न

काठमाडौं, जेठ २० — प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संवैधानिक इजलास गठन गर्दा दुई वरिष्ठ न्यायाधीशलाई समावेश नगरेपछि नेपाल बार एशोसिएसनले प्रश्न उठाएको छ।

बार अध्यक्ष डा. विजयप्रसाद मिश्रले वरिष्ठता मिचिएको भन्दै आपत्ति जनाउँदै न्यायिक सिद्धान्त र परम्पराको सम्मान गर्नुपर्ने बताएका छन्। संवैधानिक इजलासमा कर्मचारी संगठन तथा ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दाको सुनुवाइ भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *