काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा अन्तर्राष्ट्रिय आर्थिक मञ्च चलिरहेका बेला युक्रेनले ड्रोन आक्रमण गरेको छ।
आक्रमणमा ऊर्जा तथा सैन्यसम्बन्धी केही पूर्वाधारमा क्षति पुगेको बताइएको छ। यद्यपि, मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
युक्रेनी पक्षले उच्चस्तरीय सम्मेलनलाई प्रभावित पार्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ। सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन समेत सहभागी छन्।


