काठमाडौं । ओपनर कुशल भुर्तेल को शानदार शतकमा नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटमा मलेसियालाई २७६ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो। कुशलले ५४ बलमा १२६ रन बनाउँदा आसिफ शेख ले ६८ रनको योगदान दिए।
लगातार दोस्रो शतक प्रहार गरेका कुशल टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्।


