काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमणका लागि शनिबार नयाँ दिल्ली जाने भएका छन्।
भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा हुने भ्रमणका क्रममा खनालले द्विपक्षीय बैठकमा सहभागिता जनाउनेछन्। साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।
यो भ्रमण रवि लामिछानेको भारत भ्रमण सम्पन्न भएर स्वदेश फर्किने लगत्तै हुन लागेको हो।


