Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > धवलशमशेरलाई राप्रपा प्रवक्ताको चुनौती

धवलशमशेरलाई राप्रपा प्रवक्ताको चुनौती

काठमाडौं । राप्रपा प्रवक्ता मोहन श्रेष्ठ ले पार्टी त्यागेका धवलशमशेर राणा लाई नयाँ पार्टी बनाएर आफूले लगाएका आरोपभन्दा फरक ढंगले नेतृत्व गरेर देखाउन चुनौती दिएका छन्।

श्रेष्ठले राणालाई लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने, चुनाव लड्ने र अनुशासनमा चल्ने पार्टी निर्माण गर्न सुझाव दिएका छन्। साथै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन माथि लगाइएका आरोपलाई व्यवहारमा प्रमाणित गरेर देखाउन पनि चुनौती दिएका छन्।

राणाले हालै राप्रपा परित्याग गर्दै नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *