काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सुशासन, पारदर्शिता र जवाफदेहितालाई नागरिकको सबैभन्दा ठूलो अपेक्षा भएको बताएका छन्।
काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको सफलता प्रभावकारी सेवा प्रवाह र स्थानीय तहको कार्यसम्पादनमा निर्भर रहने उल्लेख गरे। संविधान कार्यान्वयन, कानुनको प्रभावकारी प्रयोग र नागरिकमैत्री शासनमार्फत जनअपेक्षा पूरा गर्नुपर्नेमा उनले जोड दिए।


