निवर्तमान गृहमन्त्री सुधन गुरुङ को सम्पत्ति छानबिन गर्न गठित समितिले प्रतिवेदन अन्तिम चरणमा पुर्याएको छ। समितिले उक्त प्रतिवेदन आगामी सोमबार सरकारलाई बुझाउने तयारी गरेको छ।
समितिलाई सुरुमा १५ दिनको समय दिइएको थियो, पछि थप ५ दिन म्याद थप गरिएको थियो, जुन शनिबार सकिँदैछ। बिदा परेकाले सोमबार प्रतिवेदन बुझाउने तयारी गरिएको हो।
निर्वाचन आयोगमा बुझाइएको सम्पत्ति विवरण र गृहमन्त्री हुँदा सार्वजनिक गरिएको विवरण फरक देखिएपछि विवाद चर्किएको थियो, जसका कारण उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।
उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा गठित समितिले प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जनाएको छ।


