Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानको परमाणु गतिविधिबारे आईएईएको चिन्ता बढ्यो

इरानको परमाणु गतिविधिबारे आईएईएको चिन्ता बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले इरानका प्रमुख परमाणु केन्द्रहरूको निरीक्षण गर्न नसकिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

एजेन्सीले इरानको सम्वर्धित युरेनियम भण्डारको अवस्था र स्थानबारे स्पष्ट जानकारी नभएको जनाएको छ। आईएईएका अनुसार इरानसँग ६० प्रतिशतसम्म सम्वर्धित ४४०.९ किलोग्राम युरेनियम मौज्दात रहेको अनुमान गरिएको छ, जसले अन्तर्राष्ट्रिय समुदायको चासो थप बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *