काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको नयाँ सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार इरान समर्थित हिजबुल्लाहले इजरायलविरुद्धका आक्रमण पूर्ण रूपमा रोक्ने सर्तमा दुवै पक्ष सहमत भएका हुन्।
सम्झौताअनुसार दक्षिणी लेबनानको लितानी नदी र इजरायली सीमाबीचको क्षेत्रमा रहेका हिजबुल्लाहका लडाकु तथा सैन्य संरचना हटाइनेछ।
हालै दुवै पक्षबीच भएको आक्रमण र प्रतिआक्रमणपछि भएको यो सहमतिले क्षेत्रीय तनाव कम हुने अपेक्षा गरिएको छ। साथै, थप प्रगतिको लागि आगामी जुन २२ मा पुनः वार्ता गर्ने सहमति पनि भएको छ।


