काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पेस गर्नेछन्।
यस्तै, अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का दुई महत्वपूर्ण महासन्धीसम्बन्धी प्रस्ताव पनि संसद्मा पेस गरिने कार्यसूची रहेको छ।


