काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा आज पनि सुनुवाइ जारी छ। सरकारी पक्षको बहस सकिएपछि आजबाट प्रतिवादीका कानुन व्यवसायीले आफ्नो पक्ष राख्नेछन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा ठगी गरिएको आरोप रहेको यो बहुचर्चित मुद्दा अन्तिम सुनुवाइको चरणमा पुगेको छ।


