Saturday, June 13, 2026
Home > राष्ट्रिय समाचार > ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई थप अवसर दिने सरकारको घोषणा

ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई थप अवसर दिने सरकारको घोषणा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधार बनाउने लक्ष्यसहित निजी लगानी विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

इप्पानको कार्यक्रममा बोल्दै उनले विद्युत् उत्पादन, प्रसारण, व्यापार तथा औद्योगिकीकरणमा निजी क्षेत्रको सहभागिता बढाउन नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *