सर्वोच्च अदालतले तत्कालीन माओवादी नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईमाथि बालसैन्य प्रयोगको मुद्दामा अभियोजन आवश्यक नपर्ने ठहर गरेको छ।
पूर्वबालसैनिक लेनिन विष्टले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले संक्रमणकालीन न्याय प्रक्रियाअन्तर्गत मुद्दा सम्बोधन हुने भएकाले छुट्टै अभियोजन नचाहिने निष्कर्ष निकालेको हो।
साथै, अदालतले बालसैन्य प्रयोगलाई निषेध गर्ने स्पष्ट कानून बनाउन सरकारलाई निर्देशनात्मक आदेश पनि दिएको छ।


