राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले पूर्वाञ्चल विश्वविद्यालय र यसको शिक्षण अस्पतालमा देखिएको अव्यवस्थालाई गम्भीर बेथिति भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले विश्वविद्यालयको प्रशासनिक संरचना अस्पष्ट रहेको र विभिन्न कार्यालयहरू फरक स्थानबाट सञ्चालन हुँदा अनियमितता देखिएको टिप्पणी गरे।
सांसद कार्कीले शिक्षण अस्पतालमा पूर्वाधार अभाव र सेवा प्रवाह कमजोर रहेको उल्लेख गर्दै यस अवस्थाले समग्र स्वास्थ्य क्षेत्रलाई नै असर पारेको बताएका छन्।


