Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > काभ्रे बस दुर्घटनामा ८ जनाको मृत्यु, उद्धार कार्य जारी

काभ्रे बस दुर्घटनामा ८ जनाको मृत्यु, उद्धार कार्य जारी

काभ्रेको बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन्।

मृतकहरूको पहिचान र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घाइतेहरूको विवरण संकलन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *