Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सामाजिक सञ्जालबाट औषधि सिफारिस गर्ने डाक्टरमाथि कारबाही चेतावनी

सामाजिक सञ्जालबाट औषधि सिफारिस गर्ने डाक्टरमाथि कारबाही चेतावनी

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमार्फत जथाभावी औषधि सिफारिस गर्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ।

काउन्सिलले बिरामीको प्रत्यक्ष परीक्षण बिना औषधि सिफारिस गर्नु गैरजिम्मेवार र जोखिमपूर्ण भएको भन्दै यस्तो अभ्यास तुरुन्त रोक्न निर्देशन दिएको हो।

सूचनामा सामाजिक सञ्जालमा स्वास्थ्य परामर्श दिँदा वैज्ञानिक आधार र पेशागत मापदण्ड पालना गर्नुपर्ने तथा बिरामीको गोपनीयता अनिवार्य रूपमा सुरक्षित गर्नुपर्ने उल्लेख छ।

निर्देशन उल्लंघन गर्ने चिकित्सकलाई कानुनअनुसार कडा कारबाही गरिने काउन्सिलले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *